अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध
आइतबार, ०९ भदौ २०८१, ०७ : ५६

काभ्रेपलान्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान पहिरो खस्दा दुवै राजमार्ग अवरुद्ध भएका हुन् । बाटो खुलाउने प्रयास जारी छ ।
वैकल्पिक मार्गबाट साना सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए । उक्त राजमार्गको जिरोकिलो–दोलालघाट खण्ड पटकपटक अवरुद्ध हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलापुर नगरपालिकाकी प्रमुख साह सम्मानित
-
‘उत्पादन मधेसमा, विस्तार देशमा’ नारासहित मधेस सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
गैरआवासीय नेपाली नागरिकतामा गृहमन्त्रीको धारणा स्वागतयोग्य : आरके शर्मा
-
तारकेश्वरको तिनपिप्लेमा ‘ब्रेक फेल’ भई माइक्रो बस दुर्घटना, आठ जना घाइते
-
युद्धविरामपछि गाजाका बालबालिकामा कुपोषणको दर तीन गुणाले वृद्धि : राष्ट्रसङ्घ
-
सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह : पूर्वराष्ट्रपति भण्डारी