मोफसल प्रचारमा ‘वर एण्ड वधु’
काठमाडौँ । भदौको १४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘वर एण्ड वधु’ मोफसल प्रचारमा निस्किएको छ । फिल्मले मोफसल प्रचार पूर्वका विर्तामोडबाट थालेको छ । बिर्तामोडपछि फिल्म युनिट धरान, इटहरी र विराटनगरमा पुग्नेछ ।
टुरमा फिल्ममा निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार किरण केसी, नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्य सहभागी छन् ।
निर्देशक मिलन चाम्सले ‘वर एण्ड वधु’ फिल्म उच्च क्यानभासको फिल्म भएको बताए । फिल्मको छायाङ्कन नेपालसँगै रोमानिया, फ्रान्स, स्पेन लगायतका देशमा गरिएको उनले जानकारी दिए ।
फिल्मका कलाकार किरण केसीले दर्शकले यो फिल्मलाई साथ दिएको खण्डमा आफ्नो करिअरको नयाँ चरण सुरु हुने दाबी गरे । उनले भने–‘मैले काम गरेका सय बढी फिल्ममा यो १–२ नम्बरमा पर्छ । फिल्म हरेक कोणबाट उत्कृष्ट छ ।’
अभिनेत्री आँचल शर्माले ‘वर एण्ड वधु’ले दर्शकको आँखा शीतल बनाउने दाबी गरिन् । फिल्ममा लभ, रोमान्स, कमेडी, धोका सबै कुरा भएको भन्दै उनले दर्शकले पूर्ण प्याकेजको फिल्म हेर्न पाउने बताइन् ।
नव–नायक विवेक कर्माचार्यले यो फिल्मबाट आफू फिल्म क्षेत्रमा स्थापित हुने विश्वास व्यक्त गरे । निर्मात्री जानुका थापाले फिल्मको कथावस्तु मन परेका कारण नै लगानी गरेको बताइन् ।
एलआरके इन्टरटेन्मेन्टको व्यानरमा अमित रिजाल कार्यकारी निर्माता रहेको यो फिल्मको ट्रेलर र गीतले दर्शकको साथ पाइसकेको छ । मोफसल टुरका क्रममा विभिन्न कलेजमा पुगेको फिल्मको टिमलाई दर्शकले उत्साहजनक रुपमा स्वागत गरेका थिए । अधिकांशले फिल्मको प्रचार सामाग्री मन परेको भन्दै हलमा गएर फिल्म हेर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोपबहादुर–बालकृष्णसहित १५ जनालाई कैद सजाय
-
बालकृष्ण खाणलाई २ वर्ष कैद र २० हजार जरिवाना
-
टोपबहादुर रायमाझीलाई ४ वर्ष कैद र ४० हजार जरिवाना
-
नक्कली भुटानी शरणार्थी प्रकरण : कसुरदारहरूलाई सजाय ताेकियाे, कसलाई कति सजाय ?
-
धितोपत्र बोर्ड नीति तथा कार्यक्रम : फिन्फ्लुएन्सरमाथि निगरानी, कारोबार शुल्क घटाउने घोषणा
-
कर्मचारीलाई गाडी किन्न ६० लाखसम्म ऋणमा ब्याज अनुदान दिन प्रस्ताव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण