एक साता अघि सर्यो ‘सानो संसार’
काठमाडौँ । फिल्म ‘सानो संसार’को प्रदर्शन मिति हेरफेर भएको छ । यसअघि असोज १७ गते घटस्थापनामा रिलिज हुने बताइएको फिल्म अब असोज ११ गते प्रदर्शनमा आउने भएको छ । निर्माता अर्जुन कुमारको फिल्मको प्रदर्शन मिति परिवर्तन भएको जानकारी दिए ।
अर्जुनले सामाजिक सञ्जाल फेसबुकमा एक पोस्टर सेयर गर्दै लेखेका छन्, ‘हाम्रो फिल्म ‘सानो संसार’ अब एक हप्ता अगाडि असोज ११ गते अर्थात् सेप्टेम्बर २७ बाट रिलिज हुने जानकारी गराउँदछु ।’
पारिवारिक कथावस्तुमा निर्माण भएको फिल्ममा हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’की श्रीमती सीतादेवी तिमल्सेनाको मुख्य भूमिका छ । फिल्ममा सीताका अलावा राज पंगेनी शर्मा, अनु दाहाल, अन्जसा रिजाल शिशिर सिवाकोटीको लगायतको अभिनय छ ।
राजधानी मिडिया एड प्रोडक्सन र प्रिन्सेस मूभिजको ब्यानरमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता माधव वाग्ले हुन् । अर्जुनकुमारको राजधानी मिडिया र प्रिन्सेस मूभिजले फिल्मलाई प्रदर्शन गर्नेछ ।
फिल्म सिद्धार्थ पुडासैनीले निर्देशन गरेका हुन् । लेखन समेत आफैले गरेका बुडासैनीको यो डेब्यु फिल्म हो । फिल्मको डिजिटल पार्टनर म्युजिक नेपाल र क्रिएटिभ पार्टनर टुनामुना कन्सेप्ट रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियम र इरानको संघर्षपूर्ण बराबरी
-
बेल्जियमलाई झड्का: नाथन एनगोयले रातो कार्ड पाउँदा टोली १० खेलाडीमा सीमित
-
मेसीको रेकर्ड तोड्दै लामिन यामलको ऐतिहासिक गोल: बने विश्वकप इतिहासकै ८ औँ कान्छा गोलकर्ता
-
‘भिएआर’ले खोस्यो इरानको अग्रता: बेल्जियम र इरानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
झापामा वन्यजन्तुले नबिगार्ने ‘मेकाडामिया नट्स’को व्यावसायिक खेती
-
इजरायलद्वारा उत्तरी सीमा क्षेत्रमा लगाइएका सबै प्रतिबन्धहरू फुकुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण