टाटा मोटर्सको टियागो डुअल टोन मोडल सार्वजनिक
काठमाण्डौ । टाटा मोटर्सले नयाँ टियागो डुअल टोन मोडल सार्वजनिक गरेका छ । टाटाले आफ्नो पछिल्लो गाडी टियागो मोडलको अपार सफलता पछि आफ्नो पुराना तथा नयाँ संभावित ग्राहकहरुको लागि नयाँ टियागो डुअल टोन मोडल सार्वजनिक गरेको हो । फुल अप्सन मोडलको २६ लाख ९५ हजार मुल्यको यो गाडी एकदमै नयाँ, स्पोर्टी र विश्वसनीय भएको कम्पनीको दावी छ । यो गाडी १.२ लि. को रिभोटोर्न ईन्जिन सहित ८५ पि.एस. पावर भएको छ भने प्रति लि. २३.८४ कि.मि. माइलेज दिने कम्पनीको दाबी छ ।
दुईवटा एस.आर.एस. एअर ब्याग्स, अटोमेटिक ब्रेकिङ्ग सिस्टम, रिभर्स पार्किङ्ग सेन्सर, मल्टी ड्राईभ मोड छ भने यसमा आठ वटा स्पिकर सहित हर्मनको ईन्फोटेनमेन्ट सिस्टम, २४ वटा युटिसलटी स्पेस र २४२ लि. को बुट स्पेस उपलब्ध छ । टियागो डुअल टोन स्टाईलिस र फ्रेस हुनुका साथै आकर्षक मूल्यमा उपलब्ध छ । नयाँ थप आकर्षक विशेषताहरु सहित आएको टियागो डुअल टोन टाटा ब्राण्डका गाडीहरु थप आकर्षक, सामाजिक प्रतिष्ठा र प्रगतिको थप पहल भएको कम्पनीको दावी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिड्नीमा रामकृष्ण ढकालको सांगीतिक प्रस्तुतिसँगै ‘मालती मंगले’को रेडकार्पेट प्रिमियर
-
दुर्व्यवहारको विरोधमा चिकित्सक आन्दोलित, बिरामीलाई मर्का (भिडिओ)
-
स्थायी बसोबास अनुमतिका लागि कडा मापदण्ड लागू गर्दै जापान
-
सरकारबाट कांग्रेस बाहिरिएपछि मुख्यमन्त्री आचार्यले सम्हाले पाँच मन्त्रालय
-
गृहमन्त्रीको आश्वासनपछि सुस्तावासीका मागबारे के प्रगति भयो ?
-
सुनसरी घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न प्रलाेपाकाे माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण