विभिन्न जिल्लाबाट लागु औषधसहित आठ जना पक्राउ
काठमाडौँ । विभिन्न जिल्लाबाट लागुऔषधसहित आठ जना पक्राउ परेका छन् । सुनसरी, धादिङ, पर्सा लगायतका जिल्लाबाट आठ जना पक्राउ परेका हुन् । सुनसरीको धरान उपमहानगरपालिका–१३ आँपगाछीबाट सोमबार १५ किलोग्राम गाँजासहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनकुटाको धनकुटा नगरपालिका–७ बस्ने २२ वर्षीय सन्देश राई रहेका छन् । अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको को.१ ख २०९६ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार राईलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
त्यस्तै धादिङको गजुरी गाउँपालिका–१ गजुरी बजारबाट करिब २१ किलोग्राम गाँजासहित सोही गाउँपालिका–८ बस्ने २७ वर्षीय रमेश तामाङ समेत २ जना पक्राउ परेका छन् । उनीहरुलाई गएराति इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले काठमाडौँबाट बुटवलतर्फ जाँदै गरेको लु.२ ख ६८२३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
उता, पर्साको वीरगंज महानगरपालिका–१६ स्थित बाटोबाट ९ किलो ८ सय ६६ ग्राम गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बिहार बैसाली हाजीपुर पंचायत–८ सराय बस्ने २८ वर्षीय मिठु कुमारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । वीरगंजबाट रक्सौलतर्फ जाँदै गरेका उनलाई उक्त गाँजा सहित प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै मोरङको विराटनगर महानगरपालिका–११ जनपथ टोलस्थित सडकबाट १६ ग्राम ३९ मिलिग्राम खैरो हेरोइन सहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–६ बस्ने २७ वर्षीय मनिष कुमार साह, भारत घर भएका २५ वर्षीय गुड्डु कुमार र २७ वर्षीय मोहमद अन्सार आलम रहेका छ्न् ।
लागुऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले रानीबाट विराटनगरतर्फ आउँदै गरेको प्र.१–०२–००४ ह ०८३१ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो । उता, सिराहाको मिर्चैया नगरपालिका–७ जिवा टोलस्थित प्रदिप साहको कुखुरा फर्मबाट २ ग्राम ६ सय मिलिग्राम ब्राउनसुगर र १ थान डिजिटल तराजुसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका–१० प्रयागपुर टोल बस्ने २५ वर्षीय रामाशंकर शर्मा रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्झौताका लागि इरानले भिख मागिरहेको छ : अमेरिकी विदेशमन्त्री
-
पुरुष काभा भलिबल च्याम्पियनसिपमा नेपाल श्रीलङ्कासँग पराजित
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण