दिवाकरको ‘मायाबी’ लक्ष्मी पूजामा रिलिज हुने
मङ्गलबार, ११ भदौ २०८१, १५ : ४२
काठमाडौँ । दिवाकर भट्टराई निर्देशित फिल्म ‘मायाबी’ आगामी कार्तिक १५ गतेदेखि प्रदर्शनमा आउने भएको छ । कार्तिक १५ गते लक्ष्मी पूजाको दिन हो । निर्देशक भट्टराइले वितरकसँगको छलफलबाट फिल्म लक्ष्मी पूजाको दिन रिलिज गर्ने तय भएको बताए ।
यो फिल्म निर्माण भएको केही समय भयो । तर, प्रदर्शन मिति तय गर्न भने निर्माणपक्षले सकिरहेको थिएन । अहिले भने तिहारमा रिलिज गर्ने तय गरेको छ ।
फिल्ममा अभिनेता पल शाह, दीपिका प्रसाई, करिश्मा श्रेष्ठ, सुशील सिटौला, समिम खान लगायतको मुख्य भूमिका छ ।
कार्तिक १५ मा अभिनेता प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’ पनि रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण