चिनियाँ जासुस जहाज आफ्नो हवाई क्षेत्रमा छिरेको जापानको आरोप
टोकियो । चीनको जासुस जहाजले आफ्नो हवाई क्षेत्रमा अतिक्रमण गरेको आरोप जापानले लगाएको छ । चीनले यसरी जापानी हवाई क्षेत्रमा आफ्नो जासुस जहाज नै पठाएर हवाई क्षेत्र मिचेको यो पहिलो पटक हो ।
वाई–९ सर्भिलियन्स विमान दाञ्जो क्षेत्रमाथिको हवाई क्षेत्रमा घुसेपछि जापानले पनि लडाकु विमान ठिक्क पारेको थियो । सो विमान स्थानीय समयअनुसार सोमबार मध्याह्न ११ः२९ बजेपछि २ मिनेटसम्म जापानी हवाई क्षेत्रमा रहेको बताइएको छ । यो उल्लंघनलाई जापानी मन्त्रीपरिषद्का मुख्य सचिवले ‘बिलकुलै अस्वीकार्य’ भनेका छन् ।
यसको विरोध गर्न उनले तत्कालै जापानस्थित चिनियाँ दूतावासका अधिकारीलाई पनि बोलाएका थिए । सो क्षेत्रमा दबाब बढ्दै गएको स्थितिमा यो घटना भएको हो । सोमबारको अतिक्रमणपछि जापानी अधिकारीहरूले चिनियाँ विमानविरुद्ध सूचना र चेतावनी जारी गरेका थिए ।
चीनले फलेयर गन जस्ता हतियारको प्रयोग नगरेपनि यो घटनाले चिन्ता भने बढाएको छ । यो अतिक्रमणको विरोध गर्न चीनले कूटनीतिक च्यानलमार्फत बेइजिङलाई सम्पर्क गर्ने र भविष्यमा यस्ता उल्लङ्घन रोक्न भन्ने भएको छ । यस मामिलामा बेइजिङले आधिकारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण