सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ नाघ्यो
बुधबार, १२ भदौ २०८१, १० : ५९
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५२ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार बढेर तोलामा १ लाख ५३ हजार १०० रुपैयाँ कायम भएको हो ।
अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको हो । जुन मूल्य हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
यसैगरी चाँदीको मूल्य बुधबार तोलामा १ हजार ८५५ रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार चाँदीको मूल्य १ हजार ८५५ रुपैयाँ कायम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण