अन्तिम समयमा ३.८० अंकको वृद्धि भएर बन्द भयो सेयर बजार
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार बढेको छ । बुधबार नेप्से परिसूचक ३.८० अंकले बढेर २ हजार ७८६.४० को बिन्दुमा पुगेको हो ।
यसदिन ३ करोड ५० लाख कित्ता सेयर किनबेच हुँदा १३ अर्ब ७२ करोड हाराहारीको कारोबार भएको नेप्सेले जनाएको छ । आज नेप्से परिसूचक तीव्र उतार चढाव हुँदै गर्दा अन्तिम समयमा भने वृद्धि भएर बजार बन्द भएको हो ।
यसअघि मंगलबार भने सेयर बजार परिसूचक नेप्सेमा १११.९६ अंकको पहिरो गएको थियो ।
बुधबार बैंकिङ, होटेल तथा पर्यटन, हाइड्रोपावर, इन्भेस्टमेन्ट, म्यानुफ्याक्चरिङ, मिचुअल फन्ड र अन्य उपसूचकमा वृद्धि भएको नेप्सेले जनाएको छ ।
यस्तै नेप्सेका अनुसार बुधबार ३ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । यस्तै यसदिन सबैभन्दा धेरै चन्द्रागिरी हिल्सको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण