सशस्त्रका ४ जना डीआईजीको सरुवा
बुधबार, १२ भदौ २०८१, २० : ५९
काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ४ जना नायब महानिरीक्षकहरु (डीआईजी) को सरुवा गरेको छ । नम्बर–५ बाहिनी बिन्ध्यवासिनी मुख्यालय रुपन्देहीमा प्रदीप कुमार पाल र नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सुरेश कुमार श्रेष्ठलाई पठाइएको छ ।
नम्बर–५ बाहिनीका बाहिनीपति अभि कुमार खत्रीलाई मानवश्रोत विकाश विभाग र नम्बर–६ का बाहिनीपति दुर्गा प्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ । गृहमन्त्री रमेश लेखकले डीआइजीहरूलाई सरुवा गर्ने निर्णय गरेका हुन् ।
डीआईजीद्वय खत्री र भट्टराई भदौ १६ मा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदै छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण