५ जना मृतावस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा ५ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार महोत्तरीको मनराशिश्वा नगरपालिका-५ स्थित दशगजाक्षेत्रमा भारत सितामाढी थाना सोनवर्षा भुतही-१२ बस्ने ३५ वर्षीय रबिन्द्र साह मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पाल्पाको रम्भा गाउँपालिका-५ बाकुम बस्ने ५९ वर्षीय केसरसिंह गाहा पनि सोही ठाउँस्थित बाटोको नालीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी धनुषाको नगराईन नगरपालिका-२ नगराईन चोकमा अन्दाजी ७० वर्षीय पुरूष तथा पर्वतको कुश्मा नगरपालिका-८ दोविल्लामा अन्दाजी ६५ वर्षीय पुरूष समेत मृत अवस्थामा फेला परेको कार्यालयले जनाएको छ ।
यसैगरी रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ स्थित तिनाउ नदीमा हाल नाम, थर, वतन नखुलेका पुरूष मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सम्माननीय’ र ‘माननीय’ सम्बोधनसम्बन्धी रिटमा कारण देखाउ आदेश
-
विवादित टापुमा जापान–चीन तनाव
-
एआई मोडेलमा विदेशी पहुँच सीमित गर्ने तयारीमा चीन
-
नक्कली भुटानी शरणार्थी प्रकरण : सुनुवाइ सकियो, आजै फैसला सुनाउने तयारी
-
डीडीसीको घिउ खाडी मुलुक र चीनमा निर्यात गर्ने तयारी
-
प्रदेशको अधिकारमाथि प्रहार हुँदा चुप लागेर बस्दैनौं : केदार कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण