सुदेश पराजुलीले ल्याए पोलिटब्युरोमा उत्कृष्ट मत, घिमिरे र गौतम पनि निर्वाचित
बिहीबार, १३ भदौ २०८१, ११ : ५०
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को ८४ सदस्यीय पोलिटब्युरो सदस्यमा युवा पुस्ताबाट नेता सुदेश पराजुलीले उत्कृष्ट मत प्राप्त गर्न सफल भएका छन् ।
एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न मंगलबार भएको मतदानमा पराजुली १५४ उत्कृष्ट मतसहित पोलिटब्युरो सदस्यमा निर्वाचित भएका हुन् । त्यसैगरी दोस्रोमा अशेष घिमिरे र तेस्रोमा मोहन गौतमले क्रमशः १५२ र १५१ मत प्राप्त गर्दै पोलिटब्युरो सदस्य निर्वाचित हुन पुगेका छन् ।
पराजुली, घिमिरे र गौतम तीनै जना युवा पुस्ताका नेता हुन् । १७ पदाधिकारी र ८४ पोलिटब्युरो छान्न ३४४ जना केन्द्रीय सदस्यले मतदान गरेका थिए ।
यसैगरी पुराना नेतामध्येमा मकवानपुरका विरोध खतिवडा सबैभन्दा धेरै २०१ मत पाएर पोलिटब्युरो सदस्यमा निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण