पहिरोले साँफे–मार्तडी सडक अवरुद्ध
बिहीबार, १३ भदौ २०८१, १३ : ०५

अछाम । लगातारको वर्षाका कारण साँफे–मार्तडी सडक अवरुद्ध भएको छ । साँफेबगर नगरपालिका–१३ स्थित बुढाबगर पहिरो खस्दा सडक अवरुद्ध भएको हो । निरन्तर पहिरो खसिरहेकाले बाटो खुलाउन जोखिम बनेको हो ।
पहिरोका कारण बाजुराबाट धनगढी र धनगढीबाट बाजुरा जान लागेका यात्रुवाहक बस वारिपारि रोकिएका अछाम जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
उनले पहिरो खस्ने क्रम रोकिएपछि सडक खुलाउने प्रयास गरिने बताए । सडक अवरुद्ध भएसँगै बाजुराबाट बाहिरिने र भित्रिने सवारीसाधन रोकिएका छन् । योसँगै यात्रुले सास्ती खेप्नुपरेको छ ।
इलाका प्रहरी कार्यालय साँफेबगरका इन्चार्ज प्रहरी निरीक्षक खगेन्द्र साउदको कमाण्डमा प्रहरीको टोली पहिरोस्थलमा खटिएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलापुर नगरपालिकाकी प्रमुख साह सम्मानित
-
‘उत्पादन मधेसमा, विस्तार देशमा’ नारासहित मधेस सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
गैरआवासीय नेपाली नागरिकतामा गृहमन्त्रीको धारणा स्वागतयोग्य : आरके शर्मा
-
तारकेश्वरको तिनपिप्लेमा ‘ब्रेक फेल’ भई माइक्रो बस दुर्घटना, आठ जना घाइते
-
युद्धविरामपछि गाजाका बालबालिकामा कुपोषणको दर तीन गुणाले वृद्धि : राष्ट्रसङ्घ
-
सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह : पूर्वराष्ट्रपति भण्डारी