सेयर बजार
३६.८३ अंकले घट्यो नेप्से, ४ दिनमा १४५ अंकको गिरावट
बिहीबार, १३ भदौ २०८१, १५ : २०
काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३६.८३ अंकले घटेको छ । २७९१ बिन्दुबाट सुरु भएको कारोबार तीव्र उतारचढावका बिच २७४९ बिन्दुमा पुगेर रोकिएको हो ।
यो सातामा ४ दिन सेयर कारोबार भयो । आइतबार ८० अंकले बजार घटेको थियो । सोमबार सार्वजनिक बिदा भएका कारण कारोबार भएन । मंगलबार पुनः ११२ अंकले घट्दै परिसूचक २७८२ बिन्दुमा ओर्लिएको थियो । बुधबार अन्तिम समयमा बजारमा ३.८० अंकको वृद्धि देखियो । आज फेरि घटेको छ । यो साताको ४ दिनमा मात्रै बजार १४५ अंकले झरेको छ ।
बिहीबार ५३ कम्पनीका लगानीकर्ताले कमाएका छन् । १८८ कम्पनी घाटामा जाँदा २ कम्पनीको मूल्य भने स्थिर रह्यो । आज कुल ३२२ कम्पनीको २८ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा १२ अर्ब २४ करोड ३६ लाख रुपैयाँको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण