टाटा मोटर्सद्वारा दसैँ योजना सार्वजनिक
काठमाडौँ । नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले यो वर्षको दसैँलाई लक्षित गर्दै विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज मध्ये एक रोजेर लिन सक्नेछन्।
होम अप्लायन्स अन्तर्गत वासिङ्ग मेसिन, फ्रिज, एसी, टि.भी, माइक्रो वेभ छन् भने ग्याजेट अन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिन्छ । यस्तै टुर प्याकेज अन्तर्गत मरिसस, ब्याङ्कक, मलेसिया, दुबई वा युरोप रहेका छन् । यस्तै बुकिङ गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न गर्न सक्नेछन्।
यो योजना टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा लागु हुने र आफूले खरिद गरेको गाडी अनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ।
सिप्रदी ट्रेडिङ्ग कमर्सियल भिहेकल बिजनेस युनिटका सिनियर जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार यो योजना असोज १४ गते सम्म लागू हुनेछ ।
विस्तृत जानकारी का लागि पैसा नलाग्ने टोल फ्री नम्बर १६६००१५५७७७ (नेपाल टेलिकमका प्रयोगकर्ताका लागि) र ९८०१५७५७७७ (एनसेलका प्रयोगकर्ताका लागि) मा सम्पर्क गर्न सकिने छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
-
कांग्रेसले घोषणा गर्यो कल्याण कोष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण