शक्तिशाली ताइफुनको चपेटामा जापान, ५० लाख मानिसलाई सुरक्षित स्थलमा सर्न निर्देशन
टोकियो । यतिबेला जापान एक दशकयताकै सबैभन्दा शक्तिशाली ताइफुनको चपेटामा परेको छ । शानशान ताइफुनका कारण मंगलबार अबेर राति एकै परिवारको तीन जनाको मृत्यु भएको थियो ।
अहिलेसम्म ताइफुनले गर्दा कम्तिमा ८४ जना घाइते भएको सरकारी समाचार च्यानल एनएचकेले आफ्नो समाचारमा भनेको छ । ५० लाखभन्दा जनालाई सुरक्षित स्थलमा जान भनिएको छ । तर अहिलेसम्म कति जना सुरक्षित स्थलमा गए भन्ने चाँहि स्पष्ट जानकारी आइसकेको छैन ।
ताइफुनका कारण दक्षिण जापानमा आउने र जाने ७०० भन्दा धेरै हवाई उडान रद्द भएका छन् । राजमार्गका ८० भन्दा बढी खन्डमा सवारी आवागमन अवरुद्ध भएको छ । २ लाख ३० हजारभन्दा धेरै घर बिजुलीबत्ती बिहिन अवस्थामा छन् । क्युशुमा मुसलधारे वर्षा भइरहेको छ । त्यहाँ प्रतिघन्टा २५२ किमिका दरले आँधी चलेको बताइएको छ ।
ताइफुनका कारण भारी वर्षा हुने भविष्यवाणी मौसम विभागले गरेको छ । दक्षिण क्युशुमा भोली बिहानसम्मको २४ घन्टामा १ हजार २०० एमएम (४३ इञ्च) वर्षा हुने बताइएको छ । ताइफुन यतिबेला उत्तरतर्फ सर्दै गइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण