समाचार
पाँचथरमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुई बालकको मृत्यु
शुक्रबार, १४ भदौ २०८१, ०७ : १३
विराटनगर । पाँचथर फालेलुङ ५ को डाँडागाउँमा विस्फोटक पदार्थ पड्किँदा घाइते भएका दुई वालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार मृत्यु हुनेमा ११ वर्षका दिपस्न साँवा र दुई वर्षका प्रियसा साँवा रहेका छन् ।
दिपसनको इलाम अस्पताल र प्रियसाको विएन्डसी अस्पताल विर्तामोडमा उपचारका क्रममा मृत्यु भएको पाचथर प्रहरी प्रमुख हेमन्त भण्डारी क्षेत्रीले बताए। हिजो डाँडागाउँस्थित आइतराज केरुङको घरमा विस्फोटक पदार्थ पड्केको हो ।
घाइते ११ वर्षका पवन राई र दिप्सन राईको अवस्था भने सामान्य रहेको छ । कस्तो विस्फोटक पदार्थ के हो भन्ने खुली नसकेको प्रहरीले जनाएको छ । अन्य विस्फोटक पदार्थ रहेको आशङ्कामा राति देखिनै उक्त क्षेत्र सिल गरेर राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण