बारामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
शुक्रबार, १४ भदौ २०८१, ११ : ४४
बारा । बारामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चालक कलैया उपमहानगरपालिका ११ निवासी २४ वर्षीय सन्दीपकुमार यादव रहेका छन् । प्रहरीका अनुसार गएराती यादव सवार लु ९५ प ६३५४ नम्बरको मोटरसाइकल कलैया–१६ को उत्तर झिटकैयामा अनियन्त्रित भई पल्टिएको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार घटना राती भएको हो तर स्थानीयले बिहान खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएको हो ।
मृतकको शवको सनाखत भइसकेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्रधानमन्त्रीको कार्यालय हिटलरको ग्यास च्याम्बर जस्तै भयो’
-
सरकारी खाद्यकै गोदाममा लापरबाही, मुसाले खाएर डल्ला परेको चामल नयाँ बोरामा प्याकिङ
-
राष्ट्रियसभामा कांग्रेसले भन्यो– सरकारले भूमिहीन र सुकुमबासीलाई अपराधी जस्तो व्यवहार गर्यो
-
पेप्सीकोलामा लागेको आगो नियन्त्रणमा
-
पार्टी विभाजनबारे कुप्रचार भएकोमा झलनाथ खनालको आपत्ति
-
कौसी थिएटरमा नाटक ‘द टेस्ट अफ सेलरोटी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण