जापानमा ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुग्यो
टोकियो । जापानमा शानशान ताइफुनका कारण मर्नेको सङ्ख्या ६ पुगेको छ । ताइफुनका कारण शुक्रबार देशभरमा कीर्तिमानी वर्षा भइरहेको छ ।
वर्षाका कारण सवारी आवागमन प्रभावित भएको छ भने कयौँ स्थानमा पहिरो जाने चेतावनी जारी गरिएको छ ।
शानशान ताइफुनलाई जापानमा एक दशकयताकै सबैभन्दा डरलाग्दो ताइफुन मानिएको छ । ताइफुन केही कमजोर बनेको र सोमबारसम्ममा उष्णकटिबंधीय चक्रवातमा परिणत हुने प्रक्षेपण गरिएको छ । तर शुक्रबार बिहानतिर प्रतिघण्टा १२६ किमीका दरले आँधी चलिरहेको थियो । क्युशुमा मंगलबार अबेर रात पहिरो जाँदा एके परिवारको तीन जनाको मृत्यु भएको थियो ।
थप चार जनाको मृत्यु भएको सरकारका प्रवक्ता योशिमासा हायाशीले पुष्टि गरेका छन् । एक जनाको मृत्यु ताइफुनसँग सम्बन्धित हो हाइन् भनेर अध्ययन भइरहेको बताइएको छ । अरू दुई जना पनि मरेको हो कि भन्ने आशंका गरिएको तर यसको पुष्टि भइनसकेको उनले बताए । अन्य दुई जना भने बेपत्ता भएको भनिएको छ । ताइफुनका कारण अरू आठ जना गम्भीर घाइते भएका छन् । ७० जनालाई भने सामान्य चोटपटक लागेको हायासीले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
-
हरियो साउनको गहिरो आस्था
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण