नरेन्द्र मोदीलाई पाकिस्तानको निमन्त्रणा
नयाँ दिल्ली । यस वर्ष अक्टोबरमा आयोजना हुने साङ्घाई सहयोग सङ्गठन (एससीओ) काउन्सिल अफ हेड्स अफ गभर्नमेन्ट (सिएचजी) को व्यक्तिगत बैठकका लागि भारतले पाकिस्तानबाट निमन्त्रणा प्राप्त गरेको छ ।
विदेश मन्त्रालयका आधिकारिक प्रवक्ता रणधीर जयसवालले शुक्रबारको साप्ताहिक मिडिया ब्रिफिङमा इस्लामावादको निमन्त्रणा पुष्टि गर्दै विदेश मन्त्रालयसँग साझेदारी गर्न कुनै अपडेट नभएको बताए ।
“हो, हामीलाई सिएचजीको बैठक (एससीओ बैठक) का लागि पाकिस्तानबाट निमन्त्रणा प्राप्त भएको छ, हामीसँग यसबारेमा कुनै अपडेट छैन, अवस्था के हो पछि थाहा पाउनेछौँ”, उनले भनेका छन् ।
जियो न्युजको रिपोर्टअनुसार सिएचजीको ‘रोटेटिङ’ अध्यक्षता गरेको पाकिस्तानले यस वर्षको अक्टोबरमा इस्लामाबादमा एससिओ बैठकको आयोजना गर्दैछ । पाकिस्तान समाचार आउटलेटले साप्ताहिक समाचार ब्रिफिङका क्रममा पाकिस्तान विदेश कार्यालयका प्रवक्ता मुमताज जहरा बलुचलाई उद्धृत गर्दै पाकिस्तानले इस्लामाबादमा हुने आगामी सिएचजी बैठकका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत एससिओ सदस्य देशका सबै शासनाध्यक्षलाई निमन्त्रणा दिएको बताएको छ ।
साङ्घाई सहयोग सङ्गठन सन् २००१ जुन १५ मा कजाकिस्तान, चीन, किर्गिस्तान, रुस, ताजिकिस्तान र उज्बेकिस्तानले स्थापना गरेको स्थायी अन्तरसरकारी अन्तर्राष्ट्रिय सङ्गठन हो । हाल एससिओमा भारत, इरान, कजाकिस्तान, चीन, किर्गिस्तान, पाकिस्तान, रुस, उज्बेकिस्तान र ताजिकिस्तानसहित नौ मुलुक सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण