मिस युनिभर्स नेपालको प्रतियोगीहरूद्वारा एनटर्क डिस्क बीएस सिक्स एफआई सार्वजनिक
काठमाडौँ । टीभीएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क डिस्क बीएस सिक्स एफआई सार्वजनिक गरेको छ ।
नाडा अटो शोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीहरूद्वारा उक्त एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो । यस भेरियन्टमा रहेको स्मार्ट एक्स कनेक्ट अन्तर्गत कलर आइडी, नेभिगेसन असिस्ट, ब्लुटुथ र एसएमएस अलर्टहरू उपलब्ध छन् । साथै ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेसन र इमर्जेन्सी लाइट जस्ता सुविधाहरू पनि यस भेरियन्टमा उपलब्ध छ ।
एनटर्क डिस्क बीएस सिक्स एफआईको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ । अन्य ब्रान्डका ११० सीसीको मूल्य जति नै मूल्य रहेको एनटर्क १२५ सीसीको यो भरियन्ट यती धेरै फिचरहरूका साथ लन्च गर्न पाउनु ठुलो उपलब्धि भएको कम्पनीले जनाएको छ ।
टीभीएसको लाइफटाइम वारेन्टीको सुविधा, स्पेयर पार्टस् को १ घण्टा भित्र डेलिभरीको सुविधा र नेपालकै पहिलो स्पोर्टी स्मार्ट स्कुटर भएको कम्पनीको दाबी छ । नेपालभरका सबै आधिकारिक टीभिएस डिलरहरूमा तथा नाडा अटो शोमा पनि यो उपलब्ध रहेको कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण