मकवानपुर जिल्ला लिग फुटबल सुरु, डाँफेको सानदार सुरुवात
हेटौँडा । शुक्रबारबाट सुरु भएको मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा साविक विजेता न्यु डाँफे क्लबले विजयी सुरुवात गरेको छ । साविक लिग विजेता डाँफेले ७–० गोल अन्तरले महावीर क्लबलाई पराजित गरेको हो ।
मकवानपुर जिल्ला फुटबल सङ्घको आयोजनामा ५ वर्षपछि सुरु भएको जिल्ला लिग फुटबल प्रतियोगिताको शुक्रवार हेटौँडा–११, थानाभर्याङस्थित सिमलटार खेल मैदानमा भएको खेलमा डाँफेको तर्फबाट पहिलो हाफको २० औँ मिनेटमा अभिषेक लामाले पहिलो गोल गरेका थिए ।
खेलको ४६ औँ मिनेटमा डाँफेका निश्चल थापाले गोल गर्दै टिमलाई २–० को अग्रता दिलाएका थिए भने ५७ औँ मिनेटमा रितेश श्रेष्ठले, ५९ औँ मिनेटमा वोधकुमार वाइबाले गोल गरेका थिए । डाँफेका सुशान्त तामाङले २ र राजिव डिम्डुङले १ गोल गर्दै डाँफेले महावीरविरुद्ध ७–० को फराकिलो अन्तरको जित निकालेको थियो ।
खेलको म्यान अफ द म्यान डाँफेका सुशान्त तामाङ घोषित भए । डाँफेले समूह चरणको दोस्रो खेलमा हेटौँडा फुटबल एकेडेमीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । शनिबारबाट हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा परेली युवा क्लब र विजय युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा समूह ‘ख’ बाट गोर्खा ब्वाइज क्लब र एफसी इन्टरनेट सिटीबिच प्रतिस्पर्धा हुनेछ ।
शनिबार नै समूह ‘क’ बाट सिमलटार मैदानमा सक्षम युवा क्लब र हेटौँडा भेट्रान्स क्लबबिच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा समूह ‘क’ बाटै आरआर एफसी र एफसी इन्टरनेटबीच प्रतिस्पर्धा हुनेछ । ५ वर्षपछि सञ्चालन भएको जिल्ला लिगको प्रत्येक समूहको वरियताक्रमको आधारमा क्लबलाई ए, बी र सी डिभिजनमा छुट्याइने छ ।
जिल्ला लिग फुटबल प्रतिायोगिताको उपाधि विजेता टिमले असोज बागमती प्रदेश लिग फुटबल प्रतियोगितामा सहभागी हुन पाउने छ । लिगको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र र उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिता आयोजनाका लागि करिब १२ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान रहेको छ । प्रतियोगितामा २८ क्लबहरूको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ओह माई गड २’ को कथा मेरो हो, तर मलाई क्रेडिट दिइएन : परेश रावल
-
मुक्तकमैयालाई जग्गा दिन अदालतको आदेश
-
विष्णु पौडेलको बयान, ‘भट्ट र श्रीराम टोबाको उद्योगबिचको सम्बन्धमा म संलग्न छैन’
-
साउन लागेसँगै हरियो चुरापोतेको व्यापार बढ्यो
-
बाल्यकालमा आफूमाथि यौन दुर्व्यवहार भएको सोहेल खानको खुलासा
-
यी हुन् बागमती प्रदेशका ८ विभागीय मन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण