लागु औषधसहित दुई जना पक्राउ
शनिबार, १५ भदौ २०८१, १७ : ०७
काठमाडौँ । सुनसरी र कैलालीबाट लागु औषधसहित दुई जना पक्राउ परेका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका-१ गैरी टोल बस्ने ५० वर्षीया इन्द्र कुमारी विश्वकर्मालाई अवैध लागु औषध गाँजा ६ सय ७० ग्राम र चाँदीको दाना ५ सय ३० ग्राम सहित शुक्रबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा र चाँदी फेला पारी पक्राउ गरेको हो ।
यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-८ स्थित क्याम्पस चोकबाट अवैध लागु औषध चरेस करिब ४ किलो ५ सय ग्राम र नगद ७५ हजार रुपैयाँ सहित बझाङ केदारस्युँ गाउँपालिका-७ घर भएका ४२ वर्षीय जनक धामीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई उक्त लागु औषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संघीय सांसद खत्रीमाथि खनिए बागमतीका मन्त्री थापा, विचाराधीन मुद्दालाई प्रभावित पार्ने प्रयास गरेको आरोप
-
ग्यास उद्योग संघका पूर्वअध्यक्ष घिमिरेको प्रस्ताव, ‘सक्नेलाई परल मूल्य, विपन्नलाई क्यासब्याक अनुदान’
-
सोलुखुम्बुमा भारतीय सहयोगमा गुम्बा भवनको शिलान्यास
-
अमेरिकामा एक अर्ब डलरभन्दा बढी व्यापारिक ठगी
-
‘आधा सिलिण्डरले खर्च दोब्बर भयो, सरकारले कुरा सुनेन’
-
आपूर्ति सहज बनाउन पुनः १४.२ केजीकै पूरा सिलिन्डर कार्यान्वयन : सचिव राउत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण