चट्याङका कारण सिन्धुलीमा एक जनाको मृत्यु
शनिबार, १५ भदौ २०८१, १८ : ४५
सिन्धुली । सिन्धुलीको मरिणमा चट्याङका कारण एक जनाको मृत्यु भएको छ । शनिबार दिउँसो १ः ४९ बजेको समयमा परेको चट्याङका कारण एक पुरुषको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार चट्याङका कारण मरिण गाउँपालिका वडा नम्बर–७ बाह्रबिसेका चन्द्रबहादुर माझीको मृत्यु भएको हो । घरभन्दा एक किलोमिटर दक्षिण तर्फको चौरमा गोठालो गएको अवस्थामा ६५ वर्षका माझी चट्याङका कारण घाइते भएका थिए ।
उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चट्याङका कारण घाइते भएका माझीको स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचारको क्रममा २ः२५ बजेको समयमा मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण