लेभरकुजनको ३५ खेलको अपराजित यात्रामा पूर्णविराम
बेएरिना । साबिक विजेता बायर लेभरकुजनको बुन्डेस लिगामा ३५ खेलको अपराजित यात्रा टुङ्गिएको छ । शनिबार आरबी लेइपजिगले लेभरकुजनलाई उसैको घरेलु मैदानमा स्तब्ध बनाएको हो ।
दुई गोलले पछि परेको स्थिति उल्टाउँदै लेइपजिगले खेलमा उत्कृष्ट पुनरागमन गरेको थियो । घरेलु टोलीलाई ३८ औँ मिनेटमा जेरेमी फ्रिम्पोङले अग्रता दिलाएका थिए ।
पहिलो हाफको अन्त्यमा एलेक्स ग्रिमाल्डोले ज्याभी ओलोन्सोको टोलीको अग्रता दोब्बर बनाए । तर, अतिरिक्त समयमा केभिन काम्पलले लेइपजिगका लागि एक गोल फर्काए ।
दोस्रो हाफको ५७ औँ मिनेटमा लुइस ओपेन्डाले टोलीका लागि बराबरी गोल गरे । त्यसपछि ८० औँ मिनेटमा उनले नै गोलको निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए ।
इपजिगले ३–२ गोलले खेल आफ्नो पक्षमा पार्न सफल भयो । लेइपजिग लिगमा पछिल्ला १३ खेलमा अपराजित रहेको छ ।
उता, लेभरकुजन यसअघि सन् २०२२–२३ सिजनको अन्तिम खेलमा बोचुमसँग ३–० गोलले पराजित भएको थियो । त्यसयता ४ सय ६२ दिनपछि लिगमा लभेरकुजनले पहिलो पटक हारको स्वाद चाख्न बाध्य बनेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपबाट कसले कमायो, कसले गुमायो ?
-
शनिबार रातिदेखि मौसमी प्रणाली थप सक्रिय हुने : सतर्कता अपनाउन आग्रह
-
क्लासिक टेकको १७औँ वार्षिकोत्सव
-
म्याडोना, शकिरा र बीटीएसको प्रस्तुतिले विश्वकप फाइनलको हाफटाइम २५ मिनेट लम्बिने
-
लुम्बिनीमा कार्यान्वयनमा आएन मन्त्रालय घटाउने निर्णय
-
‘ओह माई गड २’ को कथा मेरो हो, तर मलाई क्रेडिट दिइएन : परेश रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण