पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध
आइतबार, १६ भदौ २०८१, १० : ३६

लमजुङ । पहिरोले डुम्रे–बेँसीसहर सडक अवरुद्ध भएको छ । अविरल वर्षाले यस सडकअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–१ उदिपुरमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी थानेश्वर चपाईँले बताए ।
उनका अनुसार सडकमा माटोसहितको ठूलो पहिरो खसेर सडक अवरुद्ध भएको छ । पानी निरन्तर रूपमा परिरहेकाले पहिरो पन्छाउन समस्या भएको जनाइएको छ । सडक अवरुद्ध भएपछि सवारीसाधन अलपत्र परेका छन् ।
यो स्थानमा विगत तीन वर्षअघिदेखि बर्सेनि पहिरो खस्न थालेको हो । बेँसीसहरबाट तनहुँ–काठमाडौँ–पोखरा–चितवनलगायत स्थानमा जाने र सो स्थानबाट बेँसीसहर आउने यात्रीलाई समस्या भएको छ । साथै यस सडक हुँदै मनाङवासीसमेत आवतजावत गर्ने गर्दछन् । बर्खा लागेयता दर्जनौँपटक यो सडकका विभिन्न स्थानमा पहिरो पटकपटक सडक अवरुद्ध बनाउँदा यात्रीलाई सास्ती भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धविरामपछि गाजाका बालबालिकामा कुपोषणको दर तीन गुणाले वृद्धि : राष्ट्रसङ्घ
-
सङ्घीय गणतन्त्रको महत्त्वपूर्ण आयाम स्थानीय तह : पूर्वराष्ट्रपति भण्डारी
-
आमा बनिन् अभिनेत्री रुविना थापा
-
बाजुराको बाम्का बजारमा ग्यास सिलिन्डर विस्फोटपछि आगलागी, १६ बढी पसल जले
-
२८ दिनमा सकियो ‘मन बिनाको धन’ को सुटिङ
-
गण्डकीका दर्जनौँ कार्यालय खारेज गर्नुपर्ने अध्ययन समितिको सिफारिस, मुख्यमन्त्रीलाई बुझाइयो प्रतिवेदन