एकीकृत समाजवादीभित्र बढेको असन्तुष्टि साम्य पार्न सात जना नेतालाई जिम्मेवारी
काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीभित्र बढेको असन्तुष्टि साम्य पार्न नेतृत्वले सात जना नेतालाई जिम्मेवारी दिएको छ ।
आइतबार बिहान बसेको पदाधिकारी बैठकले सातै प्रदेशका असन्तुष्ट नेता तथा कार्यकर्ताका समस्या सुन्न र समस्या सम्बोधन गर्न नेताहरूलाई जिम्मेवारी दिएको हो ।
अनौपचारिक बैठक बसेर असन्तुष्टि सम्बोधन गर्न नेताहरूलाई जिम्मेवारी दिइएको छ’, एक पदाधिकारीले भने, ‘कोशीमा जगन्नाथ खतिवडा,मधेसमा धर्मनाथ साह, बागमतीमा गंगालाल तुलाधर, कर्णालीमा प्रकाश ज्वाला, गण्डकीमा श्रीनाथ बराल, लुम्बिनीमा लुम्बिनीमा मेटमणि र सुदूरपश्चिममा भानुभक्त जोशीलाई जिम्मेवारी दिइएको छ ।’
सो पार्टीमा पदाधिकारी र पोलिटब्युरो चयनका क्रममा नेतृत्वले काखापाखा गरेको भन्दै चर्को असन्तुष्टि देखिएको छ । असन्तुष्टि जनाउँदै केन्द्रदेखि जिल्लास्तरका नेताहरूले धमाधम पार्टी छाड्न थालेपछि नेतृत्वले असन्तुष्टहरूलाई फकाउने प्रयास थालेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण