बागमती प्रदेशका डीआईजीसहित ९० प्रहरी अधिकृत अवकाशमा
काठमाडौँ । बागमती प्रदेशका डीआईजी विष्णुकुमार केसीसहित नेपाल प्रहरीका ९० जना प्रहरी अधिकृत अवकाशमा गएका छन् । शनिबार रातिबाट ३० वर्षे सेवा अवधि पुरा गरेका अधिकृतहरूलाई आइतबार बिदाइ गरिएको छ ।
३० वर्षे सेवा अवधि विरुद्ध प्रहरीले अधिकृतहरूले सर्वोच्चमा रिट दायर गरेपनि सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिँदा एकैपटक ठुलो सङ्ख्या अधिकृतहरू अवकाशमा गएका हुन् । भदौ ६ मा न्यायाधीश हरि फुयाँलले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको आदेश न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीले खारेज गरेका थिए ।
२०५१ भदौ १६ मा प्रहरीमा प्रवेश गरेर अवकाशमा जानेमा डीआईजी विष्णुकुमार केसी र ११ जना वरिष्ठ उपरीक्षक (एसएसपी) छन् । अवकाशमा भएका एसएसपीहरूमा दिनेशराज मैनाली, बेलबहादुर पाण्डे, रवि पौडेल, जीवन श्रेष्ठ, किसनसिंह थापा, रेवती ढकाल, चन्द्रदेव राई, नवीन राई, रवीन्द्र रेग्मी, दिल्लीराज विष्ट र वीरबहादुर ओली छन् ।
प्रहरी उपरीक्षक (एसपी)हरू अवदेश विष्ट, कृष्ण प्रसाईं र हिराबहादुर पाण्डेसहित अवकाशमा गएका छन् । सशस्त्र प्रहरीका डीआईजीहरु अभि खत्री, दुर्गा भट्टराई र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक विश्व भट्टराईसहित १८ जना अवकाशमा गएका छन् । १०५ टोलीमा भर्ना भएर उनीहरू सशस्त्रमा गएका थिए । अवकाश हुनेमा १५ जना डीएसपी छन् ।
नेपाल प्रहरीबाट सशस्त्रमा आएका १८ जना अवकाशमा गएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले बताए । अवकाश भएका अधिकृतहरू ५० देखी ५२ वर्ष उमेर समूहका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण