विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला
आइतबार, १६ भदौ २०८१, १७ : ११
काठमाडौं । विभिन्न स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयकाअनुसार बाँकेको नेपालगंज उपमहानगरपालिका-१३ रामलीला मैदान नजिकै सोही उपमहानगरपालिका-१५ बस्ने ३५ वर्षीया बालिया पठान आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी बर्दियाको बारबर्दिया नगरपालिका-८ भगतपुर बस्ने ६० वर्षीय टेक बहादुर तिरूवा आफ्नै सहोदर जेठो छोरा हस्त बहादुर तिरूवाको घर नजिकै आइतबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी रूपन्देहीको गैडहवा गाउँपालिका-३ गोबरौली बस्ने ६९ वर्षीय मिठ्ठु चाई पनि सोही ठाउँस्थित खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
प्रहरीले सर्लाहीको हरिपुर नगरपालिका-४ हरैया बस्ने ५० वर्षीय शुकरात माझी सोही ठाउँस्थित पोखरीमा मृत अवस्थामा फेला परेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने मन्त्री गौरी कुमारीको दाबी
-
‘बजारमा अस्वाभाविक मूल्यवृद्धि गर्नेमाथि कडा निगरानी छ, कैफियत देखिए तत्काल जरिवाना हुन्छ’
-
तीन वर्षभित्र कर्णालीका सबै स्थानीय तहका केन्द्र जोड्ने सडक दुई लेन बनाइने
-
पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन पुगेकाहरू गेटबाटै फर्किए
-
धर्मेन्द्रले हेमा मालिनीलाई पठाएको अन्तिम सन्देश के थियो ?
-
तस्करीको गुनासोपछि गृहमन्त्रीको ‘एक्सन’, सुरक्षा अधिकारीलाई बन्द कोठामा राखेर केरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण