वेस्ट बैंकमा तीन इजरायली प्रहरीको मृत्यु
आइतबार, १६ भदौ २०८१, १८ : ११
वेस्ट बैंक । इजरायली कब्जा रहेको वेस्ट बैंकको हेब्रोन सहर नजिकै प्रहरीको गाडीमा भएको आक्रमणमा तीन जना प्रहरीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। आक्रमणमा परी मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् ।
घटनाबारे जानकारी दिँदै इजरायलका प्रहरी आयुक्त ड्यानियल लेभीले ती प्रहरीहरू यहूदिया र सामरिया जिल्लामा तैनाथ थिए । तरकुमिया क्रसिङ नजिकै भएको आक्रमणमा दुई प्रहरीको घटनास्थलमै मृत्यु भएको थियो । तेस्रो प्रहरीलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो जहाँ उपचारका क्रममा उनको पनि मृत्यु भएको थियो।
सन् १९६७ को मध्यपूर्व युद्धदेखि वेस्ट बैंकका केही भाग इजरायलको कब्जामा रहेको छ। यो हप्ता, इजरायलले आफ्नो कब्जामा रहेको वेस्ट बैंकमा ठुलो सैन्य कारबाही सुरु गरेको छ। यसैलाई ध्यानमा राख्दै संयुक्त राष्ट्रसंघले तनाव कम गर्न माग समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इलाममा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
-
कोशी सरकारले सांसदका स्वकीयलाई पारिश्रमिक दिने
-
सिँचाई सुविधापछि धानखेतमा कोदो रोप्नुपर्ने बाध्यता हट्यो
-
धान उत्पादनका लागि क्षेत्रफल विस्तार गरिनुपर्छ : मन्त्री चौधरी
-
थप २ हजार विद्यार्थीले पीसीएल नर्सिङ पढ्न पाउने आदेश कार्यान्वयन गर्न निर्देशन
-
बाचुन्जेल कुर्सी नछाड्ने प्रवृत्ति कम्युनिस्ट आन्दोलनका लागि बाधक : युवराज ज्ञवाली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण