पाल्पामा स्कुटर दुर्घटना, चालकको मृत्यु
सोमबार, १७ भदौ २०८१, १३ : ३९

रामपुर । पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा रामपुर–१० चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए । स्कुटर अनियन्त्रित भइ सडक किनारको डिभाइडरमा ठोक्कीएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभोर्स
-
लामो समय मोबाइलमा गेम खेल्ने बानी, घाँटी नै सिधा उठाउन नसक्ने भए युवक
-
सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल
-
कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न जरुरी : अध्यक्ष नेपाल
-
सगरमाथा आधार शिविर पुगेर गृहमन्त्रीले भने– शान्ति सुरक्षा, उद्धार र पूर्वाधार विकासमा सरकार प्रतिबद्ध छ
-
कांग्रेस नेता महेश कोर्मोचाको निधन