ह्याविट्याट पावर कम्पनीको साधारण सेयरको निष्कासन हुँदै
काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याविट्याट पावर कम्पनी लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ ।
आफ्नो जारी पुँजी रु. ५५ करोडको २० प्रतिशत अर्थात् रु.१०० अङ्कित दरको ११,००,००० कित्ता शेयर सर्वसाधारणहरूमा जारी गर्न लागिएको कम्पनीले जनाएको छ ।
त्यसकालागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
जसअनुसार कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् ५,५०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि र बाँकी १० प्रतिशत अर्थात् ५,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई जारी गर्ने जनाएको छ ।
शेयर निष्कासन सम्बन्धी सम्झौता पत्रमा ह्याविट्याट पावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष वटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण