मनाङेले छाडेको वन मन्त्रालय मुख्यमन्त्री आफैँले राखे
पोखरा । गण्डकी प्रदेशको वन तथा वातावरण मन्त्रालय नस्विकारेर राजीव गुरुङ (दीपक मनाङे) ले राजीनामा दिएपछि उनको मन्त्रालय मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे आफैँले राखेका छन् । मौजुदा मन्त्रिपरिषद पुनर्गठन गरि पाण्डेले मनाङेको भागमा रहेको मन्त्रालय आफ्नो मातहत राखेका हुन् ।
मनाङेले अस्वीकार गरेको मन्त्रालयमा कांग्रेसले आफ्नो सांसदलाई मन्त्रीको रूपमा पठाउनेछ ।
स्रोतका अनुसार शेखर कोइराला समूहबाट सो ठाउँमा नयाँ मन्त्री बन्नेछन् । जुन पदमा प्रकाश बराल, कल्पना तिवारी लगायत दौडमा देखिएका छन् । हाल कायम रहेका कांग्रेसका तीनै मन्त्री सभापति शेरबहादुर देउवा निकटका छन् । ९ मन्त्रालय रहेको यहाँ कांग्रेसलाई ५ र एमालेलाई ४ मन्त्रालय भाग लगाइएको छ ।
कांग्रेसले आफ्नै कोटाबाट मनाङे र नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटालाई मन्त्री बनाएको थियो । मनाङेले सरकार छोडेपनि देवकोटाको पद यथावत् छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण