कर्नाटकमा डेंगु महामारी घोषणा
मङ्गलबार, १८ भदौ २०८१, १६ : ५७
नयाँ दिल्ली । भारतको कर्नाटक राज्यले डेंगुलाई महामारीको रूपमा सूचीकृत गरेको छ । राज्यको स्वास्थ्य विभागको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि साउनसम्म ७ हजार ३६२ डेंगुका बिरामी फेला परेका छन् ।
डेंगुनियन्त्रणका लागि कार्ययोजना घोषणा गर्दै मुख्यमन्त्री सिद्धरामैयाले भने, ‘यो वर्ष अहिलेसम्म ७ हजार ३ सय ६२ जना डेंगुका बिरामी भेटिएका छन् । अहिलेसम्म सात जनाको मृत्यु भइसकेको छ । डेंगुका बिरामी भर्ना गर्न अस्पतालको प्रत्येक वडामा १० शय्या राख्न भनिएको छ । सुकुम्वासी बस्तीमा बस्नेलाई लामखुट्टेको जाली उपलब्ध गराइनेछ ।’
सरकारले अवस्थाको अनुगमन गरिरहेको र सबै विभागलाई निर्देशन दिइएको कर्नाटकका स्वास्थ्य मन्त्री दिनेश गुन्डु रावले बताए । ‘हामीले अवस्था हेरिरहेका छौँ । डेंगुको श्रोत कम गर्न हामीले सबै विभागलाई कडा निर्देशन दिएका छौँ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण