कञ्चनपुरका आरक्ष पीडितको समस्या तत्काल समाधान गर्न एनपी साउदको माग
काठमाडौँ । नेपाली कांग्रेस सांसद एनपी साउदले कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षपीडितको समस्या समाधान गर्न माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले न्यायिक आयोग गठन गरेर तत्काल आरक्षपीडितको समस्या समाधान गर्न माग गरेका हुन् ।
कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष विस्तारका क्रममा किसानहरूको जग्गा सरकारले अधिग्रहण गरेको ४० वर्ष भइसकेको छ । ४० वर्षमा ३२ वटा आयोग गठन गरेर करोडौं रकम खर्च भइसक्दा पनि समस्या भने समाधान हुन सकेको छैन ।
‘वन्यजन्तुको वर्षायाममा चुरेसम्म विचरणको लागि करिडोर विस्तार गर्न सरकारले जग्गा लिएको हुनाले उक्त जग्गाको सट्टा भर्ना र राहतको व्यवस्था नगर्दा आज पनि धेरै किसानहरू रूखमुनि बास बसेका छन्,’ सांसद साउदले भने ।
उनले तत्कालीन वनमन्त्री महेश आचार्यको पालामा बनेको पूर्वन्यायाधीश ठाकुरप्रसाद शर्माको आयोगले आरक्ष पीडितको संख्या यकिन गरी राहतको लागि सडकदेखि दूरी हेरी १ देखि ५ कट्ठा जग्गा वा ५ लाख रकम उपलब्ध गराउने सिफारिस गरेको उल्लेख गरे । तर, उक्त जग्गा र राहत रकम कम भएकोले बढाउनुपर्ने माग राखेर आरक्षपीडितहरू आज पनि आन्दोलनमा रहेका सांसद साउदले सदनलाई जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालमा हुरीबतासः बोटिङ गरिरहेका १२ जनाको उद्धार
-
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
-
ट्युनिसियाको पोस्टमा बेल्जियमको गोल वर्षा
-
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता
-
आज राति १५ वर्षपछि भेट्दै छन् चिली र पोर्चुगल
-
दैलेखमा अतिक्रमित संरचना शीघ्र हटाउने विषयमा जुट्यो सहमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण