साउदी अरबका प्रस्तावित राजदूत ढकालद्वारा कार्ययोजना प्रस्तुत (पूर्णपाठ)
काठमाडौँ । साउदी अरबका लागि प्रस्तावित राजदूत नरेश विक्रम ढकालको संसदीय सुनुवाइ सुरु भएको छ । सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा ढकालको सुनुवाइ भइरहेको हो । बैठकमा ढकालले आफ्नो कार्य योजना पेस गरेका छन् ।
ढकाल यमन तथा सोमालियाका लागि गैरआवासीय राजदूतका रूपमा समेत प्रस्तावित हुन् ।
ढकालले आफ्नो कार्ययोजनामा नेपालबाट प्रवासमा काम गर्न जाने र पठाउने दुवै पक्षले जानुपूर्व आवश्यक भाषिक सीप, आधारभूत कार्यगत सीप वा ज्ञान अनिवार्य भए नभएको यकिन गरेर मात्र श्रम स्वीकृति दिने व्यवस्था गर्नुपर्ने उल्लेख गरेका छन् । समस्या र समाधानका उपाय उपशीर्षकमा उनले श्रम, रोजगार तथा समाज कल्याण मन्त्रालयले नेपाली दूतावासहरूमा राहत तथा उद्धार कोषको स्थापना अनिवार्य रूपमा गर्ने व्यवस्था मिलाउनु पर्ने पनि जनाएका छन् ।
साउदी अरेबियाबाट मृत्यु भएका व्यक्तिका शव नेपाल ल्याउन निकै लामो समय लागिरहेको देखिएकाले स्थानीय कानुनी जटिलताका कारण दूतावासबाट खर्च गर्न सकेमा छिटो हुन सक्ने उनको सुझाव छ । साथै उनले रोजगारका लागि कार्य प्रकृतिका आधारमा संवेदनशीलता हेरेर कडाइ र रोक लगाउने व्यवस्था गर्नुपर्ने समेत जनाएका छन् । साउदी अरब नेपालीहरूका लागि पनि श्रम गन्तव्य मुलुकमा पर्छ ।
कार्ययोजना-








खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण