तडकभडक तरिकाले तीज नमनाउन महिला कर्मचारीहरूलाई मन्त्री काफ्लेको आग्रह
काठमाडौँ । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दन राज काफ्लेले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन मन्त्रालयका महिला कर्मचारीहरूलाई आग्रह गरेका छन् ।
हिन्दु नारीहरूको महान् पर्व हरितालिका तिजको अवसरमा महिला कर्मचारीहरूलाई लक्षित गर्दै मन्त्रालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री काफ्लेले अनुशासित ढंगले पर्व मनाउन आग्रह गरेका हुन् ।
‘विगतको तुलनामा हालका वर्षहरूमा तीज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको छ’, मन्त्री काफ्लेले भने, ’हाम्रो परम्परा जोगाउने हामीले नै हो । त्यसैले अर्थ मन्त्रालयको कर्मचारीले देशमा देखिएको आर्थिक सङ्कटलाई मध्यनजर गर्दै अनुशासित र तडकभडक बिना तिज मनाउँदा सर्वसाधारणमा राम्रो सन्देश जान्छ ।’
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण मैनाली, उपसचिव मौसम ढुङ्गेल, मन्त्रीका निजी सचिव अनुप अधिकारीलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण