जापानको धार्मिकस्थलमा यौन क्रियाकलाप गर्ने अस्ट्रियाका वृद्ध पक्राउ
बिहीबार, २० भदौ २०८१, १२ : ४७
टोकियो । जापानको एक धार्मिकस्थलमा यौनक्रिलाप गरेको आरोप अस्ट्रियाका एक जना ६१ वर्षीय पुरुष पक्राउ परेका छन् । सीएनएनका अनुसार ती वृद्ध जापानकी ४० वर्षीया महिलासँग यौन क्रियाकलाप गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।
उनीहरूलाई टोकियोभन्दा ५ सय किलोमिटर टाढा रहेको सानो सहर केसेनुमाको एक धार्मिकस्थलबाट गत अगस्त २२ मात्र पक्राउ गरिएको थियो । ती पुरुष भाग्न सक्ने भएकाले प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । भाग्ने डर नभएकाले महिलालाई भने पक्राउ गरिएन ।
उनी हिरासतबाट रिहा भइसकेका छन् । तर, उनलाई के–कस्तो कारबाही गरियो भन्ने चाहिँ खुलाइएन । साथै, उनी त्यहाँ नै बस्थे वा पर्यटक थिए भन्ने पनि जानकारी दिइएको छैन । यस्तो अपराधका लागि कसैलाई देश निकाला नगरिने तथा जरिवाना भने हुने स्थानीय प्रहरीले जानकारी दिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण