रास्वपाले कारबाही गरेपछि चन्दनले भने– धन्यवाद !
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारा संयोजकबाट पदमुक्त भएका चन्दन स्वर्णकारले हालसम्म आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् ।
रास्वपाको स्थापनाकालदेखिनै जिल्ला सभापति र जिल्ला संयोजकको जिम्मेवारीमा आफूलाई विश्वास गरी पार्टीलाई मजबुत बनाउन भूमिका निर्वाह गर्ने सम्पूर्ण बारावासीहरूमा उनले धन्यवाद दिएका हुन् ।
‘राष्ट्रिय स्वतन्त्र पार्टी बारा र मधेस प्रदेश समेतको जिम्मेवारीमा रहँदा गर्नुपर्ने कामहरूमा पार्टीको विधि विधान तथा बारावासी र मधेस प्रदेशवासीहरुको जनभावना बमोजिम गरेको छु’, उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन्, ‘अगामी दिनहरूमा समेत गरिरहने नै छु । हालको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले मलाई दिएको सम्पूर्ण जिम्मेवारीहरू बाट अलग भएको मेरा सम्पूर्ण बारावासीहरू लगायत मधेस प्रदेशवासिहरुमा जानकारीको लागि अनुरोध गर्दछु।’
चन्दनमाथि पार्टी केन्द्रीय अनुशासन आयोगमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको तथा नशालु पदार्थ ख्वाई आशय करणी गरेको भन्दै उजुरी परेको थियो । उक्त उजुरी उपर अनुशासन समितिले पार्टी उपसभापति डीपी अर्यालको समेत उपस्थितिमा छलफल गरेको थियो । छलफलमा महिलासहित जिल्लाका लगभग २० जना पार्टी पदाधिकारीहरू तथा साधारण सदस्यहरू पनि राखिएको अनुशासन आयोगले बताएको छ । अनुशासन समितिले ‘उक्त विषय फौजदारी न्यायको विषय भएको र अनुशासन आयोगको क्षेत्राधिकार भित्रको विषय समेत नभएको’ ठहर गरेको थियो ।
यस्तै चन्दनको आचरण राजनीतिक प्रकृतिको नभएको र सीमा क्षेत्रमा अवैधानिक रूपमा पैठारीको काममा संलग्न रहेको आरोप पनि लागेको थियो ।
जसमा अनुशासन समितिले ‘स्वर्णकारको के कमजोरी छ भन्नका लागि यथेष्ट आधार र प्रमाण देखिएको र चन्दन उक्त काममा संलग्न रहेको’ उल्लेख गरेको छ । सोही आधारमा उनलाई कारबाही गरिएको रास्वपाले जनाएको छ । तर स्वर्णकारले भने फेसबुकमा आफू पार्टीबाट अलग हुनपर्नुको कारण खुलाएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण