रास्वपा बारा जिल्ला संयोजक पदमुक्त
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीको जिम्मेवारीबाट मुक्त गरेको छ । उनलाई अनुशासनको कारबाहीसहित पार्टीको जिम्मेवारीबाट हटाइएको हो ।
पार्टी सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले करिब १५ दिन अगावै पार्टीको प्रदेश कार्यसमितिले उनको जिम्मेवारी हेरफेर गरेको जानकारी दिए । ‘उहाँलाई प्रदेश सभापतिले जिम्मेवारी हेरफेर गरेर प्रदेश समिति सदस्य राखेको हो‚’ उनले भने ।
चन्दनमाथि पार्टी केन्द्रीय अनुशासन आयोगमा एक महिलामाथि यौन दुर्व्यवहार गरेको तथा नशालु पदार्थ ख्वाई करणी गरेको भन्दै उजुरी परेको थियो । उक्त उजुरी उपर अनुशासन समितिले पार्टी उपसभापति डीपी अर्यालको समेत उपस्थितिमा छलफल गरेको थियो ।
छलफलमा ती महिलासहित जिल्लाका लगभग २० जना पार्टी पदाधिकारीहरू तथा साधारण सदस्यहरू पनि राखिएको अनुशासन आयोगले बताएको छ । अनुशासन समितिले ‘उक्त विषय फौजदारी न्यायको विषय भएको र अनुशासन आयोगको क्षेत्राधिकार भित्रको विषय समेत नभएको’ ठहर गरेको थियो ।
यस्तै चन्दनको आचरण राजनीतिक प्रकृतिको नभएको र सीमा क्षेत्रमा अवैधानिक रूपमा पैठारीको काममा संलग्न रहेको आरोप पनि लागेको थियो । जसमा अनुशासन समितिले‘ स्वर्णकारको के कमजोरी छ भन्नका लागि यथेष्ट आधार र प्रमाण देखिएको र चन्दन उक्त काममा संलग्न रहेको’ उल्लेख गरेको छ ।
यस्तै उजुरीकर्ता महिलाको आचरण तथा व्यवहारका सम्बन्धमा विचार गर्दा निजको आचरण समेत राजनीतिक रूपमा स्वीकारयोग्य नभएको अनुशासन आयोगले निष्कर्ष निकालेको छ । अनुशासन आयोगले चन्दन स्वर्णकारलाई पार्टी विधान विपरीत कारबाही गर्न र एक वर्षका लागि साधारण सदस्य समेत नरहने नगरी अनुशासन आयोग नियमावलीको नियम ५ बमोजिम साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको उल्लेख छ ।
‘स्वर्णकारको आचरण प्रदेश अनुशासन आयोगमार्फत अनुगमन गरी ६–६ महिना प्रतिवेदन पेस गर्ने र आचरणमा उल्लेख्य सुधार आएको देखिएमा निजलाई गरिएको कारबाही माथि पुनर्विचार गर्न सकिने’ भनी आयोगले लेखेको छ । साथै उजुरीकर्ता महिलालाई पनि १ वर्षसम्म पार्टीको कुनै जिम्मेवारी लिन तथा आन्तरिक राजनीतिक प्रतिस्पर्धाहरूमा भाग लिन नपाउने गरी सजाय गर्ने आयोगले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण