ओलम्पिक एथलिटको निधन, प्रेमीले पेट्रोल छर्केर आगो लगाइदिएका थिए
काठमाडौँ । युगाण्डाकी ओलम्पिक एथलिट रेबेटा चेप्टेगीको मृत्यु भएको छ । उनले हालै सम्पन्न पेरिस ओलम्पिकमा सहभागिता जनाएकी थिइन् ।
३३ वर्षीय रेबेटा म्याराथन धावक हुन् । उनलाई प्रेमीले आइतबार पेट्रोल छर्किएर आगो लगाइदिएका थिए । जलेर गम्भीर घाइते अवस्थामा अस्पताल भर्ना गरिएकी उनको उपचारकै क्रममा निधन भएको हो ।
रेबेका उत्तर पश्चिमी केन्यामा बस्दै आएकी थिइन् । उनले यहीँ तालिमसमेत लिएकी थिइन् ।
स्थानीय प्रशासनद्वारा दायर उजुरीमा रेबेका र उनका प्रेमीबिच जमिनबारे विवाद चलेको थियो । प्रहरीले यस सम्बन्धमा अनुसन्धान गरिरहेको बताइएको छ ।
युगाण्डाको एथलिट संघले ‘एक्स’ मा लेखेको छ, ‘धेरै दुःखका साथ भन्नु परिरहेको छ कि हाम्रो एथलिट रेबेका चेप्टेगीको आज बिहान निधन भएको छ । उनी घरेलु हिंसाको सिकार भइन् । हामी यस प्रकारको कृत्यको निन्दा गर्दछौँ र न्यायको माग गर्दछौँ ।’
BREAKING NEWS💔💔
— UGANDA ATHLETICS FEDERATION🇺🇬🇺🇬 UAF (@UgaAthletics2) September 5, 2024
We are deeply saddened to announce the passing of our athlete, Rebecca Cheptegei early this morning who tragically fell victim to domestic violence. As a federation, we condemn such acts and call for justice. May her soul rest In Peace. pic.twitter.com/ZdxmZ3wDuE
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षर गर्ने तयारी
-
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
-
अमेरिकी निर्वाचनमा हस्तक्षेप गरेको आरोप चीनद्वारा अस्वीकार
-
चिनियाँ साइबर ह्याकरहरूले अमेरिकीहरूको सूचना सङ्कलन गरेको दाबी
-
पेरुमा भ्यान दुर्घटना, १४ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण