१० खेलका खेलाडीलाई व्यक्तित्व विकास तालिम
काठमाडौँ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले विभिन्न खेलका खेलाडीहरूका लागि व्यक्तित्व विकास सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ ।
आ–आफ्नो खेलमार्फत अन्तर्राष्ट्रिय खेलकुद मञ्चमा नेपालको पहिचान दिलाएका अन्तर्राष्ट्रिय खेलाडी तथा सम्भावना भएका खेलाडीहरूलाई व्यक्तित्व विकास सम्बन्धी तालिम दिन लागिएको हो ।
प्रशिक्षणमा विभिन्न १० वटा खेलका ५० जना खेलाडीको सहभागिता रहने जानकारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले दिएका छन् ।
व्यक्तित्व विकास तालिम भदौ २४ गते ललितपुरको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीमा सञ्चालन हुने जानकारी पनि उनले दिए ।
तालिमका लागि तेक्वान्दो, कराँत, बक्सिङ, उसु, जुडो, भलिबल, कुस्ती, कवड्डी, पौडी र भारोत्तोलनका राष्ट्रिय सङ्घहरूसँग आवश्यक समन्वय गरिएको जानकारी पनि अध्यक्ष श्रेष्ठले दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
-
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
-
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण