इराकमा तैनाथ शान्ति सैनिकहरुको अदलीबदली
शुक्रबार, २१ भदौ २०८१, १८ : ०५
काठमाडौँ । इराकस्थित संयुक्त राष्ट्रसंघीय गार्ड युनिट तेह्रौँ डफ्फा सहभागी हुनका लागि सहसेनानी मोहन सलामी मगरको नेतृत्वमा १९ सदस्यीय नेपाली शान्ति सैनिकहरूको टोली शुक्रबार मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।
सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी बाह्रौँ डफ्फामा कार्यरत १९ सदस्यीय नेपाली शान्ति सैनिकहरूको टोली सेनानी टिकासिंह विष्टको नेतृत्वमा आजै स्वदेश फिर्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
हाल उक्त मिसनमा ८८ जना नेपाली शान्ति सैनिकहरू तैनाथ छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
-
दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
-
अमेरिकाले युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौतीको तयारी
-
न्युजिल्यान्डका ब्याटर केन विलियमसनद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण