दुई दर्जनभन्दा बढी रुसी ड्रोन खसालेको युक्रेनको दाबी
शुक्रबार, २१ भदौ २०८१, २१ : ०८
किएभ । युक्रेनले रुसले रातिको समयमा प्रक्षेपण गरेका शाहेद–१३१ र शाहेद–१३६ गरी कूल ४४ ड्रोनमध्ये २७ वटालाई खसालेको युक्रेनी वायुसेनाले शुक्रबार जनाएको छ ।
आठ ड्रोनहरू राडारबाट गायब भएका छन् भने शुक्रबार बिहानसम्म कैयौँ ड्रोन युक्रेनी हवाई क्षेत्रमा रहेको वायुसेनाले जनाएको छ ।
ड्रोन बाहेक, रुसले युक्रेनमा केएच–५९ गाईडेड मिसाइल र केएच–३१ पी एन्टि–रेडिएशन मिसाइलहरू प्रहार गरेको थियो ।
मध्य निप्रोपेट्रोभ्स्क क्षेत्रको पाभलोग्राद सहरमा भएको आक्रमणमा एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य ३० जना घाइते भएको क्षेत्रीय गभर्नर सर्गी लिसाकले जानकारी दिए । -(रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण