'खुस्मा'को जापान र कोरियामा पनि प्रदर्शन हुने
काठमाडौँ । संविधान दिवसको अवसर पारे असोज ३ गतेदेखि प्रदर्शनमा आउने सिनेमा 'खुस्मा'को जापान र कोरियामा पनि प्रदर्शन हुने भएको छ । निर्माण टिमले शुक्रबार एक पोस्टर सेयर गर्दै सिनेमाको यी दुई देशको प्रदर्शन अधिकार बिक्री भएको जानकारी दिएको हो ।
सिनेमाको जापान प्रदर्शन अधिकार खुर्पेटो प्रोडक्सनले किनेको हो भने कोरिया राइट्स कस्ले किनेको भन्ने निर्माण टिमले खुलाउन चाहेन । सिनेमाको गीत र टिजर रिलिज पश्चात् दर्शकमाझ हाइप उच्च बनेको छ । जसको फाइदा सिनेमाको विदेश राइट्काे माग बढेको निर्देशक अशोक थापा मगरले बताए । अन्य थुप्रै देशबाट सिनेमा प्रदर्शनको कुरा भैरहेकाे उनले जानकारी दिए ।
एम मिडिया प्रालिको ब्यानरमा निर्माण भएको सिनेमाको लेखक पनि निर्देशन मगर हुन् ।
सिनेमाको निर्मातामा विर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, मान बहादुर धनाह मगर र बेतान मगर छन्, भने सह-निर्माता सुस्मिता बुढाथोकी हुन् । सिनेमामा दीपक बज्राचार्यको छायांकन रहेको छ ।
सिनेमामा धिरज र उपासनाका अलवा माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।
मगर समुदायको परिवेशमा निर्माण भएको प्रेमकथामा आधारित सिनेमाले जनयुद्धको प्रभावका बिच अंकुराएको प्रेमलाई पर्दामा देखाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु
-
गण्डकी प्रदेशसभा : बजेटमाथि छलफल सुरु
-
एनआरएनएको बजेट घोषणा, संरक्षक परिषद्मा ५ जना नियुक्त (पूर्णपाठ)
-
आप्रवासीहरूको नागरिकता खोस्ने अभियान तीव्र बनाउँदैछ ट्रम्प प्रशासन
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण