भारतद्वारा ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण
शनिबार, २२ भदौ २०८१, ०७ : ३१
ओडिशा । भारतले शुक्रबार मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि-४ सफलतापूर्वक प्रक्षेपण गरेको छ । रक्षा मन्त्रालयको बयानका अनुसार यसलाई ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको थियो।
यो प्रक्षेपणले यसको परिचालन र प्राविधिक मापदण्डहरू पूरा गरेको जानकारी दिइएको छ। अग्नि-४ मिसाइल स्ट्रेटजिक फोर्सेज कमान्ड अन्तर्गत प्रक्षेपण गरिएको थियो।
अग्नि-४ को सफल परीक्षणलाई भारतका लागि निकै महत्त्वपूर्ण मानिएको छ किनभने यो भारतको परमाणु प्रतिरोध कार्यक्रमको हिस्सा हो। अग्नि–४ मिसाइलको दायरा ४ हजार किलोमिटरभन्दा बढी छ ।
भारतले यो वर्षको अप्रिलमा ओडिशाको तटमा रहेको अब्दुल कलाम टापुबाट १ हजार देखि २ हजार किलोमिटरसम्म मार हान्न सक्ने नयाँ पुस्ताको परमाणु सक्षम अग्नि प्राइम ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण