जाजरकोटमा पहिरोले वडा सदस्य दम्पती नै पुरिए
आइतबार, २३ भदौ २०८१, ०९ : १७

सुर्खेत। पहिरो खस्दा जाजरकोटमा एक वडा सदस्य दम्पती नै बेपत्ता भएको पाइएको छ । जाजरकोट प्रहरीका अनुसार बारेकोट गाउँपालिका–६, धुमामा भन्ने ठाउँमा उक्त वडाका वडा सदस्य ३८ वर्षीय प्रेमकुमारी चलाउने र उनका ४० वर्षीय श्रीमान् मानबहादुर चलाउने पुरिएका हुन् ।
राति घरमाथिबाट आएको पहिरोले चलाउनेको घर पूर्ण रूपमा पुरेको हो । पहिरोले पुरिएकी उनकी ११ वर्षीय छोरीको भने उद्धार गरेर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए ।
चलाउने दम्पतीको अवस्था अझै अज्ञात रहेको छ । अहिले त्यहाँ प्रहरी र स्थानीयको उपस्थितिमा भत्किएको घर उधिन्ने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिल (क्रान्तिकारी) ले गर्यो कार्य विभाजन, उपत्यका विशेषको इन्चार्जमा श्रेष्ठ
-
कांग्रेसले फेरि गर्यो मधेस प्रदेश सरकार नेतृत्वमा दाबी, जनमत पार्टीले छाड्ला सरकार ?
-
मौलापुर नगरपालिकाकी प्रमुख साह सम्मानित
-
‘उत्पादन मधेसमा, विस्तार देशमा’ नारासहित मधेस सरकारले ल्यायो नीति तथा कार्यक्रम (पूर्णपाठ)
-
गैरआवासीय नेपाली नागरिकतामा गृहमन्त्रीको धारणा स्वागतयोग्य : आरके शर्मा
-
तारकेश्वरको तिनपिप्लेमा ‘ब्रेक फेल’ भई माइक्रो बस दुर्घटना, आठ जना घाइते