जाजरकोटमा पहिरोले वडा सदस्य दम्पती नै पुरिए
आइतबार, २३ भदौ २०८१, ०९ : १७
सुर्खेत। पहिरो खस्दा जाजरकोटमा एक वडा सदस्य दम्पती नै बेपत्ता भएको पाइएको छ । जाजरकोट प्रहरीका अनुसार बारेकोट गाउँपालिका–६, धुमामा भन्ने ठाउँमा उक्त वडाका वडा सदस्य ३८ वर्षीय प्रेमकुमारी चलाउने र उनका ४० वर्षीय श्रीमान् मानबहादुर चलाउने पुरिएका हुन् ।
राति घरमाथिबाट आएको पहिरोले चलाउनेको घर पूर्ण रूपमा पुरेको हो । पहिरोले पुरिएकी उनकी ११ वर्षीय छोरीको भने उद्धार गरेर अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी माधव विश्वकर्माले जानकारी दिए ।
चलाउने दम्पतीको अवस्था अझै अज्ञात रहेको छ । अहिले त्यहाँ प्रहरी र स्थानीयको उपस्थितिमा भत्किएको घर उधिन्ने काम भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्स–स्पेनमा डढेलोः एक लाख ६० हजारभन्दा बढी विस्थापित
-
देशमा निरङ्कुश प्रवृत्ति देखा पर्यो, एक पटक पुनः सङ्घर्ष गर्न आवश्यक छ : प्रचण्ड
-
१०८ वर्ष पुरानो गणितीय प्रश्न सुल्झाउँदै चिनियाँ गणितज्ञले रचे इतिहास
-
कम्युनिस्ट आन्दोलनले धक्का खाएको छ, नयाँ ऊर्जाका साथ अघि बढ्नुपर्छ: पूर्वप्रधानमन्त्री नेपाल
-
एक वर्षमै एक लाख २७ हजारभन्दा बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार
-
नागरिक एपबाटै ग्लोबल आइएमई बैंकको खाता खोल्न सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण