‘पेन्या बार्सा दि एभरेस्ट’ नयाँ लोगो सार्वजनिक
काठमाडौँ । बार्सिलोना फ्यान क्लब नेपाल (बार्सा नेपाल ) का रूपमा परिचित ‘पेन्या बार्सा दि एभरेस्ट’ ले हालै एफसी बार्सिलोना पेन्या (आधिकारीक समर्थक क्लब) को रूपमा आफ्नो दर्ता पुरा भएको उपलक्ष्यमा भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।
सन् २०१३ मा स्थापना भएको एफसी बार्सिलोना समर्थक समूहले विगत एक दशकदेखि विभिन्न च्यारिटी कार्यक्रम, फुटबल प्रतियोगिता र देशभर विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको छ ।
भेटघाट कार्यक्रममा क्लबका सचिव सिताराम दाहालले अतिथिलाई स्वागत गरेका थिए । कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल पूर्वखेलाडी विक्रम लामा र क्लबका अध्यक्ष प्रकाश घर्तीले आधिकारिक रूपमा पेन्या बार्सा दि एभरेस्टको नयाँ लोगो सार्वजनिक गरेका थिए ।
कार्यक्रममा विशेष भिडियो सत्र पनि समावेश गरिएको थियो । त्यसमा नेपालमा रहेका एफसी बार्सिलोना समर्थकहरूको भावनात्मक सन्देश प्रस्तुत गरिएको थियो । एक सयभन्दा बढी नेपाली बार्सिलोना समर्थक कार्यक्रममा उपस्थित थिए ।
कार्यक्रममा हरि खड्का, गौरव बस्नेत, राष्ट्रिय महिला भलिबल खेलाडी उषा भण्डारीलगायतका नेपाली खेलकुद क्षेत्रका चर्चित व्यक्तित्वहरूको पनि उपस्थिति रहेको थियो । उपस्थित सदस्यहरूलाई बार्सिलोनाबाट आएको मायाको चिनोसहित पेन्या बार्सा दि एभरेस्टका क्याप प्रदान गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
अमेरिकामा थप १ खर्ब डलर लगानी गर्दैछ टीएसएमसी
-
ब्राड पिटका थप दुई सन्तानले पनि सुरु गरे थरबाट ‘पिट’ हटाउन कानुनी प्रक्रिया
-
मिटरब्याज पीडित र सरकारीबिच आजै सम्झौता पत्रमा हस्ताक्षरको तयारी
-
कतारमा मिसाइल आक्रमण, छर्रा लागेर एक बालक घाइते
-
चलचित्र 'मास्टर्नी'को गीत तत्काल बन्द गर्न नेपाल शिक्षक महासंघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण