अर्थ
१० दिनभित्र २५ हजार मेट्रिक टन डीएपी मल नेपाल आइपुग्ने
सोमबार, २४ भदौ २०८१, १६ : १२
काठमाडौँ । नेपालले १० दिनभित्र २५ हजार मेट्रिक टन डीएपी मल नेपाल ल्याउने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार २५ हजार मेट्रिक टन डीएपी रासायनिक मल चीनबाट कोलकाता आइपुगेकाले ८ देखि १० दिनभित्र नेपालमा आइपुग्ने भएको हो ।
यस्तै, २५ सय मेट्रिक टन युरिया रासायनिक मल विशाखापटनमबाट नेपाल ल्याइने प्रक्रियामा रहेको मन्त्रालयले जनाएको छ ।
हाल मन्त्रालयसँग गत आर्थिक वर्ष २०८०/०८१ को सहित गरी १ लाख ३९ हजार रासायनिक मल मौज्दात छ । यसमध्ये युरिया ९१ हजार ५ सय मेट्रिक टन, डीएपी ४१ हजार र पोटास ७ हजार ५ सय मेट्रिक टन मौज्दात रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण