पत्रकार महासंघका अध्यक्षले राजीनामा दिएपछि चौतारीले भन्यो– कारण र रहस्य समयक्रमसँगै उद्घाटित हुन्छ
मङ्गलबार, २५ भदौ २०८१, १६ : २८
काठमाडौँ । एमाले निकट प्रेस चौतारीले पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले दिएको राजीनामा र त्यससँगै विकसित घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पोख्रेलको राजीनामाको पछाडिका कारण र रहस्य समयक्रमसँगै उद्घाटित हुँदै जाने भन्दै चौतारीले कुनैपनि घटनाक्रमबाट प्रभावित नभई असोज ५ गते निर्वाचन सम्पन्न गर्ने गरी कार्यतालिका प्रकाशन लगायत आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सम्बद्ध सबै पक्षलाई अपिल गरेको छ ।
पोखरेलले सोमबार पदबाट राजीनामा दिएपछि महासंघको औचित्यमाथि नै टीकाटिप्पणी हुन थालेको सन्दर्भमा चौतारीले विज्ञप्ति जारी गरेर असोज ५ मा चुनाव हुने वातावरण निर्माणमा अपिल गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री
-
भक्तपुरमा गेस्टहाउसबाट खसेर किशोरीको मृत्यु भएको घटनाबारे प्रहरीले अनुसन्धान गर्दै
-
उच्च अदालत विराटनगरले तीन हजार ५८ मुद्दा फैसला गर्न सकेन
-
किन फरक छ दिल्लीको विद्यार्थी आन्दोलन ?
-
सिक्किमको टिस्टा जलविद्युत् आयोजनाको सुरुङमा पहिरो : ८ जनाको मृत्यु, १९ जना थुनिए
-
बाढीका कारण अफगानिस्तानमा कम्तीमा २० जनाको मृत्यु, १०० भन्दा बढी बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण